पाकिस्ताले भारतमा आक्रमण

खोज तलास खबर, जनकपुरधाम ! भारतले बुधबार पाकिस्तानमाथि गरेको सैन्य आक्रमणको जवाफ दिने बताएको पाकिस्ताले भारतमा आक्रमण गरेको छ ।

 

एशियन न्यूज इन्टरनेशनल (एएनआई) समाचार एजेन्सीका अनुसार पाकिस्तानले जम्मुलाई ‘लोइटरिङ म्युनिसन्स’ (आफ्नै भित्र बिस्फोटक बोकेर लक्षित स्थानमा ठोक्किने ड्रोनहरू) प्रयोग गरेर आक्रमण गरिरहेको छ ।

 

समाचार एजेन्सीका अनुसार भारतीय वायु सुरक्षा प्रणालीले जवाफी कारबाही गर्दैछ । भारतीय सेनाका स्रोतहरूले बीबीसीलाई बताए अनुसार जम्मुमा रक्षा प्रणाली सक्रिय गरिएको छ भने सहरभरि वायु आक्रमणको साइरन बजिरहेको छ।

 

जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ । जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन् । एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन् ।

 

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ । एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन् ।

 

बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुको धेरै स्थानहरूमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ।

 

कठुआमा नागरिकहरूले दुई स्थानहरूमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बत्ती काटिएको छ । कठुआ जम्मुबाट डेढ घण्टा टाढा पर्दछ। अहिले दुबै सहरहरू पूर्ण रूपमा अन्धकारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार