नवराजपुर–३ फुलबरियामा बाल विकासदेखि कक्षा ५ सम्म भर्ना खुला

खोज तलास खबर, जनकपुरधाम !  सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–०३ स्थित श्री दलित उत्पीडित जनजाति आधारभूत विद्यालय, फुलबरियाले शैक्षिक सत्र २०८२ का लागि भर्ना खुला गरेको छ। विद्यालय प्रशासनले बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया सुरु भएको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक महेश्वर यादवका अनुसार अभिभावक तथा सरोकारवालाहरूलाई समयमै आफ्ना बालबालिकाको नामांकन गराइदिन अनुरोध गरिएको छ। विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस सत्रदेखि बालविकास र कक्षा १ का पठनपाठन पूर्ण रूपमा अङ्ग्रेजी माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ।

स्थानीय समुदायको सहभागिता र सहकार्यमा विद्यालयको शैक्षिक स्तर उकास्ने प्रयासस्वरूप यो पहल गरिएको विद्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार