
खोज तलास खबर, जनकपुरधाम !बाराको सिम्रौनगढ नगरपालिकामा शुक्रबार आयोजित एक भव्य जनसभा र पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा एमाले र आम जनता पार्टीका नेताहरू सहितका कार्यकर्ताहरूले जनमत पार्टीमा समाहित भए।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले पार्टी प्रवेश गर्ने नेताहरुलाई गम्छा, फुलमाला र अबिर लगाएर स्वागत गरे। यस अवसरमा नेपाली कांग्रेसका युवा नेता अजित महतो, मनोज साह सोनार, जसपाका राम कुमार साह, आम जनता पार्टीका डा. प्रदीप जसवाल लगायतका नेताहरू जनमत पार्टीमा सामेल भए।
कार्यक्रममा मधेश प्रदेशका प्रमुख मन्त्री सतिशकुमार सिंह, पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, मधेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, र पार्टीका उपाध्यक्ष ई. वसन्त कुशवाहा लगायतका अन्य नेताहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले सिम्रौनगढमा जनमत पार्टीको प्रभावमा वृद्धि भएको र आगामी निर्वाचनका लागि पार्टीको मजबुत स्थिति सुदृढ भएको संकेत गरेको छ।
प्रतिक्रिया