सवैला नगरपालिका-१२, रघुनाथपुरमा सुधारात्मक कक्षामा अभूतपूर्व सहभागिता

धनुषा, सवैला – साक्षर नेपाल द्वारा सञ्चालित निशुल्क साप्ताहिक सुधारात्मक कक्षा आज सवैला नगरपालिका–१२, रघुनाथपुरमा नामांकन प्रक्रिया सम्पन्न भएको छ। शिक्षामा गुणस्तर वृद्धि र कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा अपेक्षाभन्दा दोब्बर तेब्बर विद्यार्थीको सहभागिता देखिएको छ।

कक्षा संचालनका लागि तय गरिएको लक्षित संख्याभन्दा धेरै विद्यार्थीहरूको सहभागिता भएकोले स्थानीय विद्यालय, अभिभावक तथा आयोजकहरूमा उत्साह छाएको छ। आयोजक पक्षले विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी ढंगले कक्षा संचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

 

स्थानीय तह र शिक्षासम्बन्धी सरोकारवालाहरूको सहकार्यमा सञ्चालन हुने यस सुधारात्मक कक्षा प्रत्येक हप्ता नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार