
सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम धनुषा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको क्रममा शहीदनगर नगरपालिका नगरप्रमुख (मेयर) आदरणीय श्री दिनेश प्रसाद यादव उपाध्यक्ष पदमा विजयी हुनुभएको छ।
पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै संगठनलाई थप सशक्त बनाउने उद्देश्यले सम्पन्न भएको अधिवेशनमा जिल्लाभरिका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। यादवको नेतृत्वदक्षता, समर्पण र राजनीतिक अनुभवका आधारमा उहाँको उम्मेदवारीले प्रारम्भदेखि नै विशेष ध्यान तानेको थियो।
उपाध्यक्ष पदमा निर्वाचित भएपछि यादवले भन्नुभयो, “मलाई दिएको यो जिम्मेवारीलाई इमान्दारीपूर्वक वहन गर्नेछु। जिल्ला स्तरमा पार्टी संगठनलाई अझ बलियो बनाउने मेरो प्राथमिकता हुनेछ।”
शहीदनगर नगरवासी र जसपा समर्थकहरूले यादवको जितलाई गौरवको विषय मानेका छन्। यस जितले पार्टीभित्र अनुभवी र जनप्रतिनिधिहरूको नेतृत्वप्रति विश्वास बढाएको बताइएको छ।
प्रतिक्रिया