जसपा नेपाल प्रथम धनुषा जिल्ला अधिवेशन: रहमत राईन १८६ मत ल्याएर जिल्ला सदस्यमा विजयी

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम !  जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम धनुषा जिल्ला अधिवेशनबाट रहमत राईन जिल्ला सदस्यमा निर्वाचित भएका छन्। उनले १८६ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।

 

कर्मठ, योग्य, संघर्षशील र समाजसेवी युवा नेताका रूपमा परिचित राईन पार्टीभित्र क्रान्तिकारी विचारधाराका लागि अग्रसर हुँदै आएका छन्। उनको विजयलाई नवयुवाको प्रतिनिधित्व र समावेशी नेतृत्वको प्रतीकको रूपमा हेरिएको छ।

 

अधिवेशनमा जिल्लाभरिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टीलाई स्थानीय तहमा मजबुत बनाउन र संगठनलाई प्रभावकारी रूपमा विस्तार गर्न राईनको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ।

 

राईनले विजयीपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु। समाज परिवर्तनको अभियानमा युवाको सक्रियता आवश्यक छ, म त्यसका लागि पूर्णतः समर्पित छु।”

 

जसपा नेपालको यो अधिवेशनले संगठनात्मक सुदृढीकरण र नविन नेतृत्वको उत्पादनमा एक महत्वपूर्ण कदमको रूपमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार