
सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! सिरहा – आज गोलबजार नगरपालिका वडा नं. ६ मा नव निर्माण हुन लागेको वडा कार्यालय भवनको सिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्री श्याम कुमार श्रेष्ठज्यू प्रमुख अतिथि रहनु भएको थियो। उहाँसँगै वडा नं. ६ का वडा अध्यक्ष श्री सञ्जित कुमार लामाज्यू, वडा सदस्यज्यूहरू, स्थानीय बासिन्दा, समाजसेवी, युवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सिलान्यास समारोहले स्थानीय स्तरमा विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ। नगर प्रमुख श्रेष्ठज्यूले आफ्ना भनाइमा समावेशी विकास, पारदर्शिता र जनउत्तरदायी सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको जनाउनुभयो। वडा अध्यक्ष लामाज्यूले भवन निर्माणपछि सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त भवन निर्माणसँगै वडा कार्यालयको सेवा तथा नागरिकको पहुँचमा सुधार आउने स्थानीयवासीहरूको विश्वास छ।
प्रतिक्रिया