अति विपन्न उतिम महरालाई ‘हेल्प मधेशी मलेसिया’ जोहर बारु उपशाखाबाट आर्थिक सहयोग

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम !  धनुषा जिल्ला अन्तर्गत धनुषाधाम नगरपालिका–५ (उमाप्रेमर) निवासी उतिम महरा, जो जगदेव महराको बुहारी हुनुहुन्छ, उहाँको कठिन आर्थिक अवस्था र अति विपन्न स्थितिलाई मध्यनजर गर्दै ‘हेल्प मधेशी मलेसिया’ को जोहर बारु उपशाखाले सहयोगको हात अघि बढाएको छ।

 

उहाँले गरेको सहयोग अपीललाई सकारात्मक रूपमा ग्रहण गर्दै संस्थाले नेपाली रुपैयाँ ११,००० सहयोग प्रदान गरेको हो। मिति २०८२ साल बैशाख २८ गते आयोजित कार्यक्रममा औपचारिक रूपमा रकम हस्तान्तरण गरिएको हो।

 

सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प मधेशी अन्तर्राष्ट्रिय सचिव विजय कुमार मण्डल, हेल्प मधेशी नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष संजय यादव, हेल्प मधेशी धनुषा जिल्ला अध्यक्ष राजेन्द्र यादव, सेवक इन्दल यादव ज्यू तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

हेल्प मधेशी मलेसियाले विगतदेखि नै समाजका विपन्न र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ, र भविष्यमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार