
खोज तलास खबर, जनकपुरधाम ! सप्तरीको रुपनी गाउँपालिका स्थित औद्योगिक क्षेत्रमा आयोजित महायज्ञको मुख्य मण्डपमा सोमबार साँझ अचानक आगलागी भएको छ। आगलागीले मण्डप पूर्ण रूपमा नष्ट हुनुका साथै पूजाका सामग्री र लत्ताकपडासमेत जलेर नष्ट भएका छन्।
२१ वैशाखदेखि सुरु भएको नौ दिवसीय महायज्ञको अन्तिम दिनमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीय तथा आयोजकको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि धेरैजसो सामग्री जलेर नष्ट भइसकेको जनाइएको छ। मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
प्रतिक्रिया