रा.प्र.पा. पर्सा बीरगंज महानगरपालिका–२१ को वडा कमिटी पुनर्गठन

विष्णु राम,पर्सा

खोज तलास खबर, जनकपुरधाम ! पर्सा, २०८२ वैशाख ३० – राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) वीरगंज महानगरपालिका–२१ परवानीपुरमा आज एक कार्यक्रमबीच वडा कमिटी पुनः गठन गरिएको छ। कार्यक्रम पार्टी नगर अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न भयो।

जिल्ला निर्वाचन समितिका अध्यक्ष शम्भु गिरिजीको रोहवरमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य नन्दु श्रीवास्तव, जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, पार्टी जिल्ला सचिव पान्नालाल पटेल, क्षेत्र नं. ३ का अध्यक्ष नरेन्द्र चौरसिया र क्षेत्र नं. ४ का अध्यक्ष राज किशोर प्रसाद यादवको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण नेताहरुको सहमतिमा वडा कमिटी सर्वसम्मत रूपले पुनः गठन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार