अभद्र भाषा प्रयोग गर्ने ‘न्यू स्टार’ अमित यादव प्रहरी नियन्त्रणमा

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम ! धनुषा – सामाजिक सञ्जाल टिकटकमा अश्लील गतिविधि तथा छाडा सामग्री पोस्ट गर्ने आरोपमा धनुषाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गणेशमान चारनाथ नगरपालिका–८ चितहा लवटोलीका २६ वर्षीय अमित कुमार यादवलाई पक्राउ गरिएको हो। उनलाई सबैला नगरपालिका–१२ रघुनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

अमित यादवले सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक नैतिकता विपरीतका गतिविधि गर्दै आएका थिए। यसै क्रममा प्रहरीको निगरानीमा रहेका यादवमाथि अनुसन्धान अघि बढाइएको छ।

 

पक्राउ परेका अमित यादव स्थानीय दिनेश यादवका छोरा हुन्। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको छ।

 

प्रहरीका अनुसार, सामाजिक सञ्जालमा अश्लीलता र अनैतिक गतिविधिका विरुद्ध निगरानी र नियन्त्रणका कार्यहरू तीव्र बनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार