सलिना मगर : सर्लाही ,
सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहट घर भएका ईशनाथ नगरपालिका-५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश शाहको मृत्यु भएको हो।
शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतक साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक टिप्पर चालकलाइ कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गरेका छन।
प्रतिक्रिया