खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–१३ का एक स्थानीय बासिन्दा सियाशरण मण्डल करिब एक महिनादेखि बेपत्ता भएका छन्। उहाँ बोल्न सक्नुहुन्न र बहिरो समेत हुनुहुन्छ। उहाँको हराइपछिको समाचारले परिवार र स्थानीयहरूलाई गहिरो चिन्तामा पारेको छ।

 

परिवारका अनुसार, सियाशरण मण्डल भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको जयनगर सीमा नजिक पुगेको भन्ने सुनिएको भए पनि उहाँको हालसम्म कुनै अत्तोपत्तो छैन। खोजीका लागि धेरै प्रयास गरिए पनि सफल हुन सकेको छैन।

 

उहाँका तीन साना बालबालिका छन्, जो बाबाको अभावमा निकै तनावमा छन्। परिवारका सदस्यहरूले अपिल गरेका छन् — “यदि कसैले सियाशरण मण्डललाई देख्नुभएको छ वा फेला पार्नुभएको छ भने, कृपया नजिकको प्रहरी चौकीमा खबर गर्नुहोस् वा हामीलाई सिधा सम्पर्क गर्नुहोस्।”

 

सम्पर्क गर्न सकिने नम्बरहरू:

📞 +९७७ ९८२४८४८९०० (जितेन्द्र)

📞 +९७७ ९८२६८८८४५४ (बिन्देश्वर)

📞 +९७७ ९८२६८८८४५६ (बिन्देश्वर)

📞 +९७७ ९८००८४९६३२ (अरुण)

 

परिवारले सियाशरण मण्डललाई सुरक्षित रूपमा फेला पार्न सहयोग गर्ने जो-कोहीलाई उचित पुरस्कार दिने समेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार