खोज तलास खबर, जनकपुरधाम ! सिराहा जिल्ला, सिराहा नगरपालिका–१८ हुलाकी सडकखण्डमा शुक्रबार बेलुका भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार प्रदेश २–०१–००३–प.३२३० नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।
मृत्यु हुने:
1. प्रदिप मुखिया – कल्याणपुर नगरपालिका–२, बेल्हा
2. नरेस मुखिया – कल्याणपुर नगरपालिका–१२
3. कुसे राय – सिराहा नगरपालिका–२
दुर्घटनामा घाइते भएका तिनै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिराहा पठाइएको छ।




प्रतिक्रिया