दाउन्नेमा पानी परेको समयमा राति गाडी चलाउन रोक

सुरेश यादव,परासी

खोज तलास खबर, जनकपुरधाम ! नारायणगढ-बुटवल सडकअन्तर्गत दाउन्नेमा पानी परेको समयमा रातिमा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक (एसपि) अनुपम श्रेष्ठका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे सन्चानलमा आएको बताउनुभयो । उहाले बिनयी खोलामा आउने बाढीमा गाडीहरु फस्ने जोखिमलाई मध्यनजर गरि पानी परेको बेलामा रातीको समयमा यातायात बन्द गर्न लागिएको बताउनुभयो ।

 

यसअघि तीनदिन ठूलो पानी नपरेका कारण पानीको सतह घटेपछि गाडीहरु निर्वाध रुपमा सञ्चालन भएको थियो ।तर पानी पर्न थालेपछि फेरि रातीमा गाडी चलाउन रोक लगाएको प्रहरीले जनीएको छ । भैरहवाबाट काठमाण्डौका लागी हिँडेका ट्रक चालक सुबोध पासवान ४ दिनदेखि बर्दघाटमा रोकिनुभएको छ । उहाँले ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्नसमेत नसकिएको गुनासो गर्नुभयो ।

 

६ महिनाअघि बिनयी खोलाको फलामे पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको थियो ।राजमार्ग फराकिलो पार्ने क्रममा विनयी खोलामा पक्की पुलको ढलान भईसकेको र असारको अन्तिमबाट पुल सञ्चालनमा ल्याईने जनाएको छ । बर्दघाट र दुम्कीबास बीचको १४ किलोमिटर दाउन्ने सडकमा बर्षातपछिको हिलोका सडकका कारण बारम्बार अवरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार