चन्दन कुमार साउन १८ ,
बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको बौधिमाई माताको मन्दिरमा भएको तोडफोडमा संलग्न व्यक्ती वा समुहको तथ्य अहिले सम्म खुलेको छैन । मन्दिर अगाडि बनाईएको बाघको मुर्ती ,मन्दिरको प्राङ्गनमा रहेको हनुमान जि को धाजा तथा मन्दिरको भर्याङमा लगाइएको मार्बल लाई फुटाई मन्दिरको सम्पत्तिलाई क्षती पुर्याएको र हिन्हु घर्म माथी प्रहार गरेका व्यक्ती वा समुहलाई छिटो भन्दा छिटो कानुनको दायरामा ल्याई हदसम्मको कारवाही गर्न माग गर्दै हिन्दु परिषद नेपालले ज्ञापन पत्र हो । घटनामा संलग्न भएका व्यक्ती वा समूह कुनै पनि धर्मका भए पनि त्यो उम्कन नसकोस र अघिलो दिनमा हिन्दु माथीको यस्तो प्रहार फेरि नहोस त्यसको लागि यो घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही होस भन्दै हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष बाबा सन्तोषा नन्द महराजको उपस्थितिमा बारा जिल्ला हिन्दु परिषद नेपाल को अध्यक्ष मठन्थ गोपाल सादले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल तथा बारा जिल्लाका प्रमुख प्रहरी निरिक्षक (डि एस पि) राजेश थापालाई ज्ञापन पत्र बुझाएका छ्न । ज्ञापन पत्र बुझाउने कार्यक्रममा हिन्दु परिषद नेपालका सदस्य , समाजिक अभियनता तथा राष्ट्रप्रेमी व्यक्तीहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया