विनोद मण्डल साउन १८
सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको मालपोत कार्यालय परिसरमा बाइकको पार्किङ सहज भएको छ ।
सेवाग्राही देखि कर्मचारीसम्मको पार्किङ स्थलको रूपमा रहेको कार्यालय परिसरमा बाइकको चाप बढेपछि सेवा लिन आम जनतालाई हम्मे परेको सेवा ग्राहीहरु बताउँछन् ।
कार्यालय परिसरको अगाडि भागमा बाईक पार्किङ गरेर कार्यालयको काम एकातिर गरिन्छ भने अर्कोतिर कार्यालयको पछाडीको भागमा हिलो र फोहोर पानी जमेको अवस्था रहेको पाइन्छ । कार्यालयको दक्षिणी भागमा वनमारा घारी रहेको छ ।
कार्यालय परिसरको फोहोरले मालपोत कार्यालय परिसरमा वातावरण दुर्गन्धित रहेको छ तर पनि निकाय सरसफाई र ब्यबस्थापनप्रति बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ त्यसैले कार्यालय व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।
प्रतिक्रिया