खोज तलास खबर, जनकपुरधाम ! काठमाडौं, भदौ ३० – संघीय सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेका दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा मंगलबार बसेको सचिवस्तरीय बैठकले यसबारे सैद्धान्तिक सहमति जनाउँदै प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
हाल संघीय सरकारअन्तर्गत ५१ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। प्रस्तावित कटौती अनुसार करिब १० हजार दरबन्दी हटाइनेछ। कटौती हुने दरबन्दी मन्त्रालय, आयोग, सचिवालय तथा अन्य कार्यालयहरूबाट समायोजन गरिनेछ।
बैठकले यो संरचना पुनरावलोकनको काम तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ। आवश्यक प्रस्ताव आगामी असोज २० गतेभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गरिनेछ।






प्रतिक्रिया