खोज तलास खबर, जनकपुरधाम ! पर्सा जिल्लाको भिष्वा नगरपालिका–५ मा बिहीबार राति भएको गोली प्रहारमा एक युवक घाइते भएका छन्।
घाइते युवक सोही वडाका करिब १७ वर्षीय गोलु आलम रहेका छन्। उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार साँझतिर भएको उक्त गोली प्रहारको कारण अझै स्पष्ट नभएको बताइएको छ। यद्यपि प्रारम्भिक अनुसन्धानका आधारमा स्थानीय युवाबीचको आपसी विवादकै क्रममा गोली चलेको हुन सक्ने प्रहरीको अनुमान छ।
घटनासँग सम्बन्धित भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।




प्रतिक्रिया