खोज तलास खबर, जनकपुरधाम ! समाज सेवा र मानव कल्याणका क्षेत्रमा क्रियाशील संस्था जय माँ जानकी समाज सेवा नेपाल उपशाखा मलेसिया द्वारा सिराहा जिल्लाको लाहान नगरपालिका–१९, छरापट्टी निवासी क्यान्सर पीडित सत्यनारायण शाहलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

सत्यनारायण शाह, रामकुमार शाहका सुपुत्र, हाल क्यान्सरको उपचारमा रहेका छन्। उहाँको उपचारका लागि संस्थाले मलेसियामा रहेका नेपाली दाताहरूबाट रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरेको हो।
सहयोग रकम संस्थाका अध्यक्ष कृष्णदेव साहको अगुवाइमा सङ्कलन गरिएको थियो भने केन्द्रीय सह–सचिव पप्पु यादवको अध्यक्षतामा औपचारिक रूपमा पीडितलाई सहयोग रकम प्रदान गरियो।
संस्थाले सहयोग प्रदान गर्ने क्रममा सबै सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै जय माँ जानकी समाज सेवा नेपालको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ।
सहयोगी दाताहरूको नामावली:
१) कृष्णदेव साह (अध्यक्ष)
२) बिशवनाथ साह
३) सन्तोष ठाकुर
४) कपिलेश्वर यादव
५) रविन्द्र यादव
६) सन्तोष ठाकुर
७) अनचित महतो
८) सन्तोष महतो
९) धुरन यादव
१०) राजकुमार गुप्ता
११) बिश्वम्भर साह
१२) डमर महतो
१३) रामकुमार मण्डल
१४) सेशनाथ गैर
१५) राज गौतम
१६) रामबिश्वास यादव
१७) विजय कुमार यादव
१८) इनारजीत यादव (सूचना प्रदानकर्ता)
संस्थाले यसअघि पनि नेपालको विभिन्न स्थानहरूमा पीडित र विपन्न वर्गका नागरिकहरूलाई सहयोग गर्दै आएको जनाएको छ।
जय माँ जानकी समाज सेवा नेपालले भविष्यमा पनि यस्तै प्रकारका समाजसेवी कार्यहरू निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।







प्रतिक्रिया