विपद् व्यवस्थापनमा सक्रिय हुन जसपाका नेता कार्यकर्ताहरू सँग निवर्तमान खानेपानी मन्त्री प्रदिप यादवको आग्रह

शैलेश गुप्ता १८ असोज पोखरिया 

खोज तलास खबर, जनकपुर धाम ! पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान सँसद तथा निवर्तमान खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी ९जसपा० का सम्पूर्ण नेता, कार्यकर्ता र संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखी विपद् व्यवस्थापनमा सक्रिय हुन हार्दिक आह्वान गरेका छन् । जसपाका उपमहासचिव समेत रहेका यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै स्थानीय पार्टी कमिटीहरूलाई सरकारी निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपङ्क्तिमा रहन अनुरोध गरेका छन् ।पछिल्ला दुई दिनदेखि देशका विभिन्न भागहरूमा लगातार भारी वर्षा भइरहेको हुनाले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् भने आन्तरिक हवाई सेवा पनि प्रभावित भएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार सबै भन्दा बढी वर्षा पर्सा जिल्लामा भएको छ। सम्भावित बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का कारण जनधनको क्षति हुन सक्ने खतरा उच्च देखिएको छ।

 

यस सन्दर्भमा, पुर्व मन्त्री प्रदिप यादवले ा जनता समाजवादी पार्टी, ९जसपा० का सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखी पूर्ण सतर्कता र सक्रियताका साथ विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेका हुन

स्थानीय पार्टी कमिटीहरूलाई सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपङ्क्तिमा रहन अनुरोध गरेका हुन

यस कठिन घडीमा प्रत्येक जिम्मेवार नागरिक, विशेषतः जसपा परिवारका सदस्यहरू एकताबद्ध भई ूसहयोग, सद्भाव र सशक्त उपस्थितिू को हाम्रो पहिचानलाई व्यवहारमा उतारने र

हामी सबै विपद् व्यवस्थापनका लागि तयार रहौं, संकटमा परेकाहरूलाई छिटो सहयोग पुगोस् भन्ने कामना व्यक्त गर्दै धन्यवाद दिएका हुन

प्रतिक्रिया

सम्बन्धित समाचार