सबैला-८ ठिल्लामा एक युवकको झुण्डिएको अवस्थामा शव फेला

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–०८ ठिल्लामा एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक १८ वर्षीय दीपक ठाकुर हुन्, जो दुखिया ठाकुरका छोरा हुन्।

 

सबैला नगरपालिकाका उपप्रमुख रहिमा खातुनले युवकको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको पुष्टि गर्नुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

स्थानीय बासिन्दाले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ। हालसम्म घटनाको कारण खुलेको छैन भने प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार