खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–०८, ठिल्लामा एक युवकको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको छ। स्थानीय दुखिया ठाकुरका छोरा १८ वर्षीय दीपक ठाकुरको शव मंगलबार बिहान झुण्डिएको अवस्थामा भेटिएको हो।
सबैला नगरपालिकाका उपप्रमुख रहिमा खातुनले घटना पुष्टि गर्दै थप अनुसन्धानको लागि स्थानीय प्रशासनलाई जानकारी गराइएको बताउनुभयो। घटनाको कारण हालसम्म खुलेको छैन भने प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको छ।
यस घटनाले स्थानीय स्तरमा शोक र स्तब्धता फैलिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।






प्रतिक्रिया