सोभित पासवानको जीवन रक्षाका लागि सहयोगको अपील

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका–१३,रघुनाथपुरकासोभितपासवान लामो समयदेखि बिरामी छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनी आफ्नो उपचार गराउन असमर्थ छन्। हाल उनी पाँच दिनदेखि ओछ्यानमै छन्, उठ्न सक्ने अवस्था पनि छैन।

 

शोभित पासवानकी श्रीमतीले भावुक अपील गर्दै स्थानीय बासिन्दा र सम्बन्धित निकायसँग सहयोगको याचना गरेकी छिन्। उनले भनिन्, “मेरो श्रीमान ! उहाँ पाँच दिनदेखि ओछ्यानबाट उठ्न सक्नुभएको छैन किनभने हामीसँग उहाँको उपचार गर्ने पैसा छैन। र म तपाईंहरू सबैलाई हाम्रो शहरको रोग निको पार्न मद्दत गर्न अपील गर्दछु।”

 

स्थानीय तह, सामाजिक संघ–संस्था तथा मनकारी व्यक्तिहरूलाई उनले सहयोगका लागि आग्रह गरेकी छिन्। हालसम्म उपचारको लागि आवश्यक पर्ने रकम नजुटेकाले शोभितको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।

 

सम्बन्धित निकाय र मानवता मन भएका व्यक्तिहरूले सहयोगको हात फैलाउने हो भने,सोभितपासवानको जीवन जोगिन सक्ने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार