खोज तलास खबर, जनकपुरधाम ! दुधौली (सिन्धुली), असोज २३।दुधौली नगरपालिका–१० कर्था घाटामा कमला नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय लिला बहादुर सार्की रहेका छन्।
प्रहरीका अनुसार हिजो बिहान करिब १० बजे गाई–वस्तु चराएर घर फर्कने क्रममा सार्की हराएका थिए। राति अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजीकार्य थालेका थिए।
आज बिहान स्थानीय बासिन्दा नदीमा नुहाउन जाँदै गर्दा पानीमा मानिसको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय डाकाहाको इन्चार्ज इन्स्पेक्टर सपना खड्काको प्रहरी टोलीले घटनास्थल पुगेर शव उद्धार गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
स्रोत :- दुधौली एफ एम – Dudhauli FM






प्रतिक्रिया