खोज तलास खबर, जनकपुर धाम ! धनुषा ,नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको चौथो पूर्ण बैठक जनकपुरधाम–१९, बेङ्गामा अवस्थित आर.जी. पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री कमरेड विष्णु पौडेल (महासेठ) प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इन्चार्ज, पूर्व मन्त्री जुली महतो विशिष्ट अतिथि रहेकी थिइन्। साथै केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायत अग्रज नेतागण र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकको अध्यक्षता जिल्ला अध्यक्ष कमरेड भोला यादवले गरेका थिए। देशको विद्यमान विषम राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त सर्कुलर अनुसार विभिन्न विषयमा विस्तृत छलफल र निर्णयहरू बैठकले गरेको जनाएको छ।
बैठकले संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रमका प्राथमिकता निर्धारण, स्थानीय तहसम्म पार्टी संरचना विस्तार र जनतामाझ पार्टीको नीति–कार्यक्रम प्रभावकारी रूपमा पुर्याउने विषयमा समेत जोड दिएको छ।

पार्टी नेताहरूले एमालेलाई जनताको विश्वास र राष्ट्रिय स्वाभिमानको प्रतीकका रूपमा अघि बढाउन सबै कार्यकर्तालाई एकताबद्ध भएर काम गर्न आह्वान गरेका थिए।







प्रतिक्रिया