चन्दन कुमार साउन २०रौतहट /
नक्कली नेपाली नोट सहित रौतहटमा चारजना युवक पक्राउ परेका छन । दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा मेला लागेको थियो। उक्त मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चारजना युवक पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा बौधिमाई नगरपालिका ४ ईनरवारिका २० बर्षिय संतोष पटेल ,सोही ठाउँका २९ बर्षिय देवनारायण दास,२२ बर्षका फुल महमद र बर्ष २४ का नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका ईन्स्पेक्टर दिनेश कुवरले बताएका छन । पक्राउ परेका चारै जना जिउताहीको सो मेलामा भिडको अवसर पारेर नक्कली नेपाली नोटले सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए । निवेदन पाए लगत्तै प्रहरीले नक्कली नोट दिने सन्तोष पटेललाई पक्राउ गरि चेकजाँच गर्दा १ हजारको १ थान नक्कली नोट फेला परेको तथा अन्य पसले बाट एक हजारको १९ थान गरी जम्मा २० हजार नक्कली नोट फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा नक्कली नोटको कारोबारमा पटेल संगै अन्य तिनजना पक्राउ परेको थियो ।
पक्राउ परेका चारैजना माथि खोटा चलन मुद्दा दर्ताभै जिल्ला अदालत गौर बाट म्याद थमाएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया