आदर्श बन्दै लहानका मेयर चौधरी ।

 

विनोद मण्डल साउन २७ । सिराहा जिल्लाको लहान नगरपालिकाका प्रमुख महेश चौधरी आदर्श बन्दै गएको छ ।

सामाजिक विकाशको अग्रता लिँदै गर्दाको अवस्थामा मेयर महेश चौधरी बिदाका दिन सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ । नेपाल सरकारले सरकारी सेवा सुविधा कानुन बमोजिम हप्ताको शुक्रवार सम्म मात्र दिने कानुनी व्यवस्था अनि शनिवार बिदा हुने प्रचलनले आफू बिदाको दिन सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउनु भएको छ ।

 

आदर्श बादी चिन्तन अनि बिकास बादी नीतिका साथ अगाडी बढिरहेको मेयर चौधरीले शुक्रवार अर्थात् जनै पूर्णिमाको दिन सामान्य नागरिकले प्रयोग गर्ने सवारी साधनलाई प्रयोगमा ल्याएर आफ्ना काम काज गर्नू भएको छ ।

 

बिहान सडकमा हिँडेर पुगेका मेयर चौधरीले समान्य नागरीक झै पार्किङ स्टेण्डमा उभिएर अटोको प्रतीक्षा गर्नुभएको थियो । अटोमा मेयर जस्ता व्यक्ति सवार भएपछि अटो चालकले उहालाई एकलै गन्तव्यमा लिएर हिँड्न खोज्दा मेयरले अरु यात्रु भरिन दिनुहोस अनि लैजानु होला भनी अटो चालकलाई प्रतीक्षा गराउनु भएको थियो । अटो सामान्य नागरिकले भरिए पछि सामान्य नागरिक झै यात्रा तय गर्नु भएको थियो ।

 

सार्वजनिक बिदाको दिनमा सरकारी सम्पतिको दुरुपयोग नगर्ने बतादैं सुन्दर लाहान कल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ । मेयर चौधरीको नेतृत्व प्रति आम जनता एकातिर खुसी रहेको छ भने अर्कोतिर उनको समान्य जीवन शैलीबाट पाठ सिक्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार