
विनोद मण्डल साउन २५ सिराहा
नेपाली राजनीतिक क्षितिजमा छुट्टै पहिचान बनाउन सफल नेताको रूपमा परिचित सिरहाका चर्चित नेता तथा नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव जनताको खानेपानी समस्या समाधानको लागि अग्रपङ्क्तिमा उभिएका छन् ।
सिराहाको उत्तरी भेगमा वर्षेनी खाने पानीको समस्या रहिआएको पाइन्छ । ईनार र खोलाको पानी खान विवस स्थानीय जनताको मुख्य समस्याप्रति चिंतित बनेका नेता रामचन्द्र यादव यतिबेला मधेश प्रदेशको राजधानी जनकपुरको खाने पानी तथा ऊर्जा मन्त्रालयलाई झकझकाई रहनू भएको छ ।
खासगरी गोलबजारको जन्दह धनगढीमाईको अधिकांश बस्तीहरूमा खानेपानीको चरम समस्या रहेको पाइन्छ । बिगतमा सभापति यादवले खानेपानीको समस्यालाई समाधान गर्दै ठाउँ ठाउँमा डिप ट्वेलको व्यवस्था गरेता पनि मानिसको जनघनत्व अनुसार खाने पानी अपुग भएको गुनासो स्थानीयबाट आएपछि खाने पानी अपुग भएको ठाउँमा थप डिप बोरिङको लागि नेता यादव अगाडी आउनु भएको स्थानियलाई उदृत गर्दै परीक्षार्थी पत्रकार हेम प्रसाद पासवानले बताइएका छन् ।
जनताको सेवामा आफू कतिपनि पछि नहट्ने नेता रामचन्द्र यादवले बताउँनु भएको छ । ऊर्जा मन्त्रालयका सचिव प्रेम कुमार सिंहले खानेपानी समस्या समाधानको लागि सकारात्मक धारणा राख्नु भएको छ ।
जनताको आवाज बोकेर जनताको घर दैलोमा समस्या बुझ्न आतुर यादवको नेतृत्व प्रती स्थानिय जनता खुशी ब्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया