सबै जात जाती र समुदायलाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह !

 

कृष्णनगर, साउन ३१

मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंदैछ ।

सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन म आग्रह गर्दछु ।”
प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाइने गरिन्छ ।
३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधामन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाललगायतलाई आमन्त्रण गरिएको छ ।
उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतलगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुलाईसमेत आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार