रुपन्देही जिल्लामा राष्ट्रपतिको पुतला जलाईयो !

भैरहवा ,

रुपन्देही जिल्लाका मधेश केन्द्रित दलहरुले राष्टपति विद्या भण्डारीको पुतला दहन गर्नुका साथै विरोध कार्यक्रमहरु गरेका छन । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा जनता समाजबादी पार्टीको नेतृत्वमा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको घोर विरोध गर्दै कोण सभा गरेको छ । कार्यक्रममा जसपाका केन्द्रिय सदस्य महेन्द्र प्रसाद यादवले नेपाल देशमा लोकतन्त्र , गणतन्त्र स्थापना भएपनि केही राजनितिक दलहरुको मानसिकता अझै महेन्द्रिय शासन जस्तै रहेको र राष्टपति भण्डारी पनि सोहीबाटोमा हिडेको अरोप लगाउनु भयो । नेता यादवले राष्टपति भण्डारी नेकपा एमालेले जे भन्यो त्यही काम गरिरहेकोले अब उनिहरुको विरुद्धमा भण्डाफोर गर्नुपर्ने र अगामी चुनावमा एमालेको पत्ता साफ गर्नुपर्ने सबै जनसमुदायहरुलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा जसपाका केन्द्रिय नेता देखि जिल्ला , प्रदेश र स्थानिय नेताहरुको सहभागिता रहेको जसपा नेता एवमं रोहिणी गाउपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिनुभयो ।
उता रुपन्देहीकै ग्रामीण क्षेत्र रोहीणी गाउपालिका अन्तरगत पर्ने धकधईमा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध लोकतान्त्रीक समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गर्दै रोहिणीको धकधईमा प्रदर्शन गरेका हुन् । लोकतान्त्रीक समाजवादी पार्टीका नेताका युवा नेता प्रशान्त गुप्ता (महेन्द्र) को नेतृत्वमा मंगलबार दिउँसो नेताकार्यकर्ताहरुले आधा घण्टा राजमार्ग समेत अवरोध गरेका थिए । प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । शसक्त आन्दोल चर्काउने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार