बाबा गरिबनाथ महादेव मन्दिरमा जल चढाउन सफल भएका युवालाई अध्यक्ष तनुक लाल यादव द्वारा सम्मान !

 

महेश सिंह सिरहा लहान १ भदौ

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई जल चढाउन सफल भएका प्रथम,दोस्रो,तेस्रो भक्तजन युवालाई वडा न.२ का अध्यक्ष तनुक लाल यादव द्वारा संमान तथा प्रमाणपत्र चांदीको सिलड बाट सम्मान गरेका आयोजक समितिले बताए।

बिगत लामो बर्ष देखि धार्मिक आस्था बोकेका श्री श्री १००८ श्री बाबा गरिबनाथ महादेव मन्दिरमा प्रत्येक बर्ष श्रावण महिनाको सोमबारका दिन धार्मिक आस्था भएका हिन्दु धर्मावलम्बीहरुले नजीक रहेका नदि जलाशयहरुमा स्नान गरि बालालाई जल चढाउनले प्रमपरा रहेका छन्।

समाजिक स्तरमा सोठियाईनका उक्त बाबा गरिबनाथ महादेव मन्दिर निकै पुरानो र शक्तिशाली रहेको स्थानीय बासीहरुको जनबिश्वास रहेका छन्। रेशममा सहभागी हुने मध्येबाट प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष तनुक लाल यादव लगायत सदस्यहरुद्वारा संमान गरिका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार