निहारिका राजपूत आरोपित शिवराज श्रेष्ठ पक्राऊ अनुसन्धान जारी ।

 

विनोद मण्डल भदौ २,मधेश प्रदेश ।

मधेश प्रदेशको राजधानी सहर जनकपुरधामको कदम चोकबाट शिवराज श्रेष्ठ पक्राऊ परेका छन् । धनुषाको महेन्द्र नगर घर भएका श्रेष्ठलाई पक्राऊ गरी अभद्र ब्यबहार सम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिनकाे म्याद दिएको छ ।

महेन्द्रनगर घर भएका श्रेष्ठलाई धनुषा प्रहरीले मंगलवार साँझ जनकपुरको कदम चोक क्षेत्रबाट पक्राउ गरेको थियो । धनुषाको प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षत्रीले प्रहरीलाई दुर्व्यवहार गर्नुका साथै गृह मन्त्रालयको आदेशमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको बताउनु भएको छ ।

बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाई दिएपछि पीडित निहारिका चरणवद्ध आन्दोलन जारी राख्दै केहि दिनअघि उनले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले बचाउँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । निहारिकाकाे माग बमोजिम श्रेष्ठले डिनए परीक्षण गर्न तयार भएको श्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार