जाजरकोट । नेपाली सेना (आर्मी)को क्याप्टेन भन्दै हिड्ने एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नं.-१३ खातीगुर्ता (गिउ) बस्ने २७ वर्षिय बिष्णु गिरी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
गिरिले सरकारी छाप दस्तखतको दुरुपयोग (किर्ते) गरी नक्कली परिचय पत्र बनाएर साथमा राखी हिड्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा
ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले गिरिलाई नियन्त्रणमा लिएर शरिर खानतलाशी गर्दा नेपाली सेनाको सह सेनानी दर्जा सहितको फोटो भएको परिचय पत्र समेतका कार्डहरु फेला पारेपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
गिरि विरुद्ध आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।
प्रतिक्रिया