रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी अलपत्र उक्त खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन !

 

सुरेश यादव,नवलपरासी / भदौ ७ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी टंकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन् ।

रामग्राम नगरपालिका वडा नं ४ , ७ र ९ भित्र पर्ने बैरिहवा, सुर्यपुरा, केरवानी, चितपुर, बुद्धटाेल, चन्द्रागढि साथै वडा नं ७ मा पर्ने उजैनी र रामग्राम ९ सन्तपुरमा खानेपानी पुर्‍याउने उदेश्यले बनाईएकाे रामग्राम ४ बैरिहवा बनेकाे १० वर्ष भन्दा बढी भई सकेता पनि हाल सम्म पनि खानेपानी संचालनमा आएको छैन ।

रामग्राम नगरपालिका का विभिन्न वडामा खानेपानीको टंकी तयार भएको धेरै भएकाे तर हाल सम्म प्रयोगमा आएको छैन जनप्रतीनिधिहरुले प्रत्येक वर्ष सरकारी बजेट बिनियोजन गरी आआफ्ना प्रियहरुलाई मात्र गुपचुपमा ब्यक्तिगतरुपमा १ सय ५० मिटरको चापाकल दिएका छन् खानेपानी कहिले सप्लाई हुन्छ समिती संग सोधपुछ गर्दा विभिन्न बहाना बनाई आलटाल गरेका छन् स्थानियहरुले बताउने गरेका छन् ।

स्थानियका अनुसार सदरमुकाम परासीमा धेरै पहिला देखि खानेपानी संचालनमा रहेको छ तर उक्त पालीका भित्र पर्ने वडा नं ४ बैरिहवाकाे वडा कार्यालय नजिकै रहेको खानेपानी टंकी र भवन निर्माण भएको १० वर्ष भन्दा बढी भई सक्दा उक्त भवन खाली रहेकाले त्यस भवनमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन भईरहेकाे छ । यातायात व्यवस्था सेवा कार्यालयकाे लुम्बिनी प्रदेशका यातायात तथा श्रम राेजगार मन्त्री पुर्न वर्तिदढेंगा मगरद्वारा २०७८ साल फाल्गुन ०१ गते उद्घाटन गरि २०७९ साल जेठ ३० गतेबाट कार्यालय सञ्चालनमा आएकाे छ । उक्त खानेपानी वितरण गर्नको लागि समितीले पाईप लाईन बिस्तार गरिसकेकाे खानेपानीका अध्यक्ष रामकुण्डल यादवले जानकारी दिनुभएकाे छ ।

यहाँका जनताहरु शुद्ध खानेपानी खान नपाएर विभिन्न रोगका सिकार भईरहेका छन् तर पनि स्थानिय सरकार प्रदेश सरकार लागयतका सम्बन्धित निकायहरु मौन रहेको स्थानियले गुनासो गरेका हुन ।

विभिन्न टाेलमा पाईप लाईन बिस्तार गर्दा स्थानीयले अवरुद्ध गरिरहेकाे खानेपानीका अध्यक्ष यादवले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार