
नवलपरासी /भदौ ९ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्थित सुर्यपुरामा रहेकाे हिलेरियस चिल्ड्रेन एकेडेमीकाे शिक्षकहरुले पटक पटक बिधार्थीलाई विभिन्न बहाना बनाई कुटपिट गरि घाइते बनाउदै आएका छन् । यस बिधालयबाट करिव स्थापना काल देखि १०० वटा यस प्रकारका घटना घटिसकेकाे बुझिन्छ ।
हिलेरियस चिल्ड्रेन एकेडेमी बिधालयका शिक्षक असलम सिद्धकिले यहि साउन १९ गते बिधार्थी निखिल काेहारलाई हाेमवर्क नगरेकाे र कलासमा हाेहल्ला गरेकाे भन्दै ४ झापद हानेकाे कारणले उक्त बिधार्थी काेहारका कानकाे जाली फाटेकाे छ ।
रामग्राम नगरपालिका बालमैत्री घाेषणा भएता पनि यस घटना प्रति कुनै प्रकारकाे चासाे नलिएकाे पिडित परविारकाे भनाई रहेकाे छ । उक्त घटना भएकाे एक महिना बितिसक्दा पनि बिधालय प्रशासनले कुनै चासाे नलिएको पिडित परिवारकाे भनाइ रहेकाे छ । कानकाे जाली फाटेकाे कारणले अप्रेसन गर्न परेकाे र बिधालयले अप्रेसनकाे खर्च दिएकाे साथै थप उपचारकाे लागि अझै पैसा लाग्ने भएकाे पिडित परिवारले जनाएकाे छ । उक्त घटना पच्क्षात पिडित परविारका ४ जानले उक्त बिधालयमा अध्यन गरि रहेका थिए तर उक्त बिधालयका प्रधनाध्यापक जनार्दन ठाकुरले अब आफ्नो बिधालयमा नपठाउन चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया