लालपुर्जा वितरण गर्नु अगाडि सुकुम्बासीहरुको जग्गाको स्थलगत अनुगमन गर्दै उपमेयर संगिता चौधरी ।

 

विनोद मण्डल भदौ १३

सरकारले अव्यवस्थित बसोवासको लागि केही महिना अगाडि सुकुम्बासी समस्याको समाधानको लागि स्थानिय सरकार मार्फत गरेको जग्गा नापीको बारेमा सिरहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ ।

स्थानिय सरकारद्वारा प्राविधिक खटाई नापी गरिएको धनगढीमाई १३ को असारे देउराली क्षेत्रका जग्गाको लालपुर्जा वितरण गर्नु अघि अनुगमन गर्नु भएको छ ।

आज करिब ३ बजेको समयमा स्तलगत अनुगमन गर्नको लागि उक्त ठाउँमा पुग्नु भएको चौधरीसँग भुमि आयोगका जिल्ला अध्यक्ष रामअधीन यादव , वडा अध्यक्ष सूर्यमान तामाङ लगायतका टोलीले वास्तविक वस्तु स्थितिको अनुगमन गर्नु भएको छ ।

पूर्व निर्धारित समय बमोजिम टोलीले उक्त अनुगमन गरेको वुझिएको छ भने लालपुर्जा वितरण गर्नु अगाडि हामीले स्थलगत अनुगमनलाई प्रभावकारी बनाउनका लागि अनुगमनलाई अगाडी बढाएको उपमेयर संगिता चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार