परासी झरहि खाेलाकाे बाध जिर्ण अवस्था !

 

सुरेश यादव,नवलपरासी

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण अवस्थामा पुगेकाे छ । उक्त झरहि खाेलामा रहेकाे पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिकालाई जाेड्ने पुल नजिकै बाध भत्केकाे देखिन्छ ।

 

रामग्राम नगरपालिकाले झरहि खाेलाकाे बाध बाध्नकाे लागि कति पटक बजेट छुट्टाई बाध्ने काम पनि गरेता पनि बाढी आउने र बाध भत्किने गरेकाे छ । गत वर्ष भदौमा आएको बाढीले सदरमुकाम परासी पुरै डुबानमा परेकाे थियाे ।

 

गत वर्षको बाढीले रामग्राम नगरपालिकाकाे विभिन्न वडाहरु डुबानमा परेता पनि कुनै प्रकारको नगरपालिकाबाट छतिपुर्ति नपाएकाे स्थानीयले बताउँछन् । उक्त पुल भएर सधै नगरपालिकाका मेयर धनपत यादव,उपमेयर सम्झना चाैधरी,प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर सतिष गुप्ताले हिड्ने गर्नुहुन्छ तर त्यहि पुल र हाटबजार नजिक नै खाेलाकाे बाध भत्किएकाे हुनाले कसैकाे ध्यान समेत नगएकाे देखिन्छ । यसरी लपरवाही रह्याे भने फेरि पनि परासी बासीले बाढीबाट सामना गर्नु पर्ने हुन्छ ।

 

यस्तोमा रामग्राम नगरपालिका का सम्पुर्ण सराेकारवालाहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं साथै यस रामग्राम नगरपालिकाले बनाई रहेकाे रामग्राम ४ मा बसपार्क समेत सञ्चालनमा नआउदै त्यसको प्रखाल भत्केकाे अवगत समेत गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार