राजस्थानका राजयोगी हेमन्त द्वारा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लहानमा प्रशिक्षण !

 

महेश सिंह सिरहा लहान १४ भदौ

सिरहाको लहानमा दया र करुणाको लागी अध्यात्मिक सशक्तीकरण सम्पन्न भएको छ। लहान ७ स्थित बिगत लामो समय देखि संचालनमा रहेको ब्रह्माकुमारी राज योग सेवा केन्द्रले आयोजना गरेको अध्यात्मिक सशक्तीकरण कार्यक्रममा सयौं अध्यात्मिक ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

भारत राजस्थानका वरिष्ठ अध्यात्मिक राजयोगी हेमन्त भाई द्वारा मानव जिबनलाई कसरी सार्थक प्रभावकारी बनाउने बिषयमा प्रशिक्षण दिएका हुन्।उक्त प्रशिक्षण कार्यक्रममा लहान नगरपालिकाका पुर्व मेयर मुनि साह सुडी,सफटेक कलेजका संस्थापक तथा प्रीन्सिपल डा.महादेव साह जसपा नेपालका नेता तथा पुर्व मन्त्री राजलाल यादव,पत्रकार महेश सिंह,बिरेन्द्र नेपाल लगायतका सयौं ब्यक्तीहरु उपस्थिति रहेको राजयोगी बबिन बस्नेतले बताए।

कार्यक्रमको प्रमुख अतिथि हेमन्त भाई लगायत बिशिस्ट ब्यक्तीहरुले पान्समा बतीबालेर कार्यक्रमको उदघाटन गरेको
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लहानका प्रमुखले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार