बाँके २ बाट जनमतका इरफान लड्ने !

 

बाँके

सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान शेष आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके-२ बाट चुनाव लड्ने भएका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य इरफान २०७४ सालमा मोहम्मद इश्तियाक राई जितेको बाँके-२ बाट चुनाव लड्न लागेका हुन् । जनमत पार्टी बाँकेको बसेको बैठकले इरफानलाई बाँके २ बाट चुनाव लडाउने निर्णय गरेको युथ टुडे न्युजलाई जानकारी दिएको छ ।

इरफान डुडुवा गाउँपालिका–६ निवासी हुन् । जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो भने बाँकेमा सम्मानजनक मत प्राप्त गरेको थियो । २०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो ।

मुस्लिम समुदायबाट राजनीतिमा होमिएका इरफान बाँकेका लोकप्रिय नेताको रुपमा चिनिएका छन् । इरफान चुनाबी मैदानमा उत्रिए संगै जनता समाजवादी पार्टीबाट यस अघि बाँके २ बाट निर्वाचित संघिय सरकारको मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईलाई ठुलो झटका लाग्ने स्रोतको भनाइ छ ।

मधेस राजनितिका जानकारहरुका अनुसार मन्त्री राईलाई चुनाव जित्न सजिलो नरहेको बताए छन् । स्रोतका अनुसार राइ मन्त्री भए पछि आफ्नो राजनितिक स्वार्थका लागि जघन्य प्रकृतिका मुद्दाहरुमा अदालतले जारी गरेको पक्राउ पुर्जीका अभियुक्तहरुलाई पक्राउ नगर्न बाँके प्रहरीलाई निर्देशन दिए पछि अभियुक्तहरु खुलेआम घुमी रहेको र हिन्दु मुस्लिम बिच बिभाजन ल्याउने गरी गतिबिधि गरिरहेकोले राइ प्रति जनताको आक्रोश बढ्दै गएकोले चुनाबमा ठुलो झटका लाग्ने निश्चित भएको वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार