विनोद मण्डल भदाै १६
सिराहाको लाहान नगरपालिकाको अधिकांश भागमा वर्षाको पानीले बस्ती लगायत बाटो घाटोमा क्षति पुर्याई बस्तीहरू डुवानमा परेका छन् । लहानको अधिकांश भाग ग्रामीण भूभाग रहेको हुनाले विगतका मेयर मुनिलाल शाहको कार्यकालमा भएको व्यापक पदको दुरुपयोगको कारण ग्रामीण बस्तीको विकाश ओझेलमा परेको अवस्था रहेको कारण वर्तमान मेयर महेश चौधरीको कार्यकालमा बस्तीहरू डुवानमा पर्न थालेका छन् ।
लहानका बस्तिहरुमा व्यापक सुधार गर्न केही समय लाग्ने भएको अवस्थामा विकास ओझेलमा परेको देखिन्छ । वर्तमान मेयर महेश चौधरीले जोखिम नियन्त्रणको पहल गरिरहेको अवस्था रहेको देखिन्छ ।
लहान नगरपालिका वडा नं ८ स्थित रघुनाथपुर जाने नहरको समयमा ब्यबस्थापन नहुँदा सडकमा पानी बग्दै गरेको अवस्थामा सम्बन्धित वडा अध्यक्ष बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ ।
प्रतिक्रिया