कपिलवस्तुमा १५ औँ पुस्तकालय दिवस बिषेश कार्यक्रम गरी मनाईयो !

इमरान खान

कपिलवस्तु १६ भाद्र : अधिराज्यव्यापी रुपमा मनाउन लागिएको १५औँ राष्ट्रिय पुस्तकालय दिवस २०७९ यस पशुपति प्रताप पुस्तकालयमा समेत “पढौ पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं” भन्ने तय गरिएको आदर्श वाक्यका साथ सानो र सभ्य रुपमा मनाइएको छ । पुस्तकालयका अध्यक्ष अधिवक्ता राजेश कुमार पाण्डेयको अध्यक्षता, पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालको प्रमुख आतिथ्यता, पुस्तकालयका उपाध्यक्ष सन्तराम अग्रहरीको स्वागत र पुस्तकालयका सह-सचिव वीरेन्द्र कुमार पाण्डेयले संचालन गर्नु भएको कार्यक्रममा पुस्तकालय कार्यसमितिका सदस्य एवं लेखा संयोजक अरुण कुमार श्रीवास्तवले २०६५ साल देखि मनाउन थालिएको पुस्तकालय दिवसको मुख्य उद्देश्य सबैमा पुस्तकको पहुँच बढाउनु, ज्ञानको बिउ छर्नु, पुस्तकालयको समयस्यालाई अवगत गराउनु रहेको भन्दै पुस्तकालय दिवसको बारेमा प्रकाश पार्नु भएका थिए त्यस्तै कपिलवस्तु नगरपालिका ३ नं. वडाका वडा अध्यक्ष प्रकाश गैरे, साहित्यकार पशुपति मणि त्रिपाठी, साहित्यकार सकुन्तला पौडेल, बाणगंगा सामुदायिक पुस्तकालयका सचिव बुद्धि सागर बेलवासे र समाजसेवी कविता शर्माको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पशुपति मणि त्रिपाठी र शकुन्तला पौडेलले कविता वाचन, आजीवन सदस्यता लिएकालाई पुस्तकालयका अध्यक्ष एवं अतिथिहरुबाट प्रमाणपत्र वितरण, पुस्तकालयका नियमित पाठक शिव बहादुर सिंह खडकालाई यस वर्षको उत्कृष्ठ पाठकको रुपमा दोसल्ला ओढाई प्रमाणपत्र सहित तथा बाणगंगा सामुदायिक पुस्तकालयलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित पुस्तकालयको तर्फबाट राज्यमन्त्री रिना नेपालले सम्मानित गर्नु भएका थिन । बाणगंगा सामुदायिक पुस्तकालयलाई पशुपति प्रताप पुस्तकालयको तर्फबाट नगद रु.सात हजार पाँच सहयोग पनि गरिएको थियो । सो अवसरमा ३ नं. वडा कार्यालयका वडा अध्यक्ष प्रकाश गैरेले यो पुस्तकालय हाम्रो नगरको लागी मात्रै होइन जिल्ला र देशका लागी समेत ऐतिहासिक धरोहर भएकोले यसलाई ई-लाइब्रेरीमा र नगरको नमुना पुस्तकालयको रुपमा परिणत गर्न नगरपालिकामा सक्दो पहल गर्ने भनी प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष अधिवक्ता राजेश कुमार पाण्डेयले पुस्तकालय संचालनमा कति कठिनाई व्यहोर्नु पर्दछ हामीले भोगेका कुरा हो हामीहरुले धेरै नै कठिनाई र पीडा भोगी पशुपति प्रताप पुस्तकालय भवनको निर्माण सबैको सहयोगमा गराएका छौ सो पीडा र कठिनाई लाई मनन गर्दै र आज हाम्रो पशुपति प्रताप पुस्तकालयमा आत्म निर्भरता तर्फ उन्मुख हुदै गएको कुरा समेतले हाम्रो कार्यसमितिको निर्णय अनुसार बाणगंगा सामुदायिक पुस्तकालयलाई पुस्तकालय दिवसको अवसरमा नगद सहयोग गरेका छौ र अगामी दिनमा जति जति हाम्रो पुस्तकालय आत्म निर्भर हुदै जान्छ त्यति त्यति अन्य पुस्तकालयलाई केही न केही सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार