बाटोमा बर्सेनि सास्ती निकाय मौन । Khoj Talash Khabar

 भदाै १६ । रातिको वर्षाले गर्दा सिरहाका अधिकांश भागमा आवात जावत प्रभावित भएको छ ।

 

वर्षेनी सडक विस्तार र मर्मतको लागि करोडौँ रकम निकाशा गरेर आम जनताको मुख्य आवस्यकताकाे रूपमा रहेको सडकमा बालुवा पस्केर आँखामा धुलो हाल्ने कामको ज्वलन्त उदाहरण बनेको छ , सिरहा जिल्लाको आदर्स नमुना बिष्णुपुर गाउँपालिका वडा नम्बर १ कालाबन्जर ।

 

उक्त ठाउँमा बर्षेनि सडक मर्मत सम्भारको नाउँमा लाख मात्र होईन करोडौ रकम निकासा हुन्छ तर ति बजेट सकिन्छ विकास कहा गएर अल्झिन्छ थाहा हुँदैन ।

 

आम स्थानिय जनताले पुराना अध्यक्ष बाट सास्ती खेप्दै आएपनि नया गाउँपालिका अध्यक्ष आएपछि बिकासमा नयाँपनको आशा गरेकै हुन तर विडम्बना आफनै तालमा नाचिरहेका छन् ।

 

विद्यालय आवात जावतमा स्कुले बाल-बालिकाहरुले सडकमा जुता खोलेरै हिँड्नुपर्ने बाध्यता कायमै छ । समयमा विकाशको चासो नराख्ने अनि अशार साउनको बेलामा बजेट पचाउनको लागी गरिने भदौरे विकाशले गर्दा आम स्थानियले बर्सेनि सास्ती भोग्नु पर्ने भएकोले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्न जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार