टीकापुर नगरपालिकाद्वारा सय दिनका उपलब्धी मियर रामलाल डगैरा थारूले एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन । टीकापुर नगरपालिकालाई उज्यालो बनाउन नगर क्षेत्र भित्रका विभिन्न चोक चाैराहमामा हेलोजन लाईट जडान कार्यको थालनी भईसकेको बताए। यश कार्यलाई उज्यालो कार्यक्रम अन्तरगत अभियानकै रूपमा निरन्तरता दिएको बताए।
नगर क्षेत्रको फोहरलाई दिर्घकालिन रूपमा व्यवस्थापन गर्नुका साथै फोहरलाई मोहरमा परिणत गर्न संघ संस्थाहरू संग समन्वय भईरहेको बताए। निर्माण कार्य सम्पन्न भई लामो समय देखि सञ्चालनमा आउन नसकेको बसपार्कको उद्घाटन गरि व्यवस्थित रूपमा टेन्डर प्रकृयाबाट सञ्चालनमा ल्याको बताए। नगर क्षेत्रको साैन्दर्यलाई कुरूप हुने गरि सडक किनारा र सार्वजनिक स्थलमा अव्यवस्थित तरिकाले राखेका निर्माण सामाग्रीहरूलाई हटाउने कार्यको थालनी गरिएको जानकारि दिएका छन। यसका साथै यश कार्यलाई निरन्तर अगाडि बढाउने बताए। हरेक वर्ष वर्षादको समयमा ढल निकाशको समस्या भई बजार क्षेत्रमा डुवानको समस्या हुने गरेको समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाले आफ्नै जेसिभी प्रयोग गरि मुहान निकाश र ढलको सरसफाइ गर्ने कार्य थालिएको बताएका छन।
विगतका वर्षमा हुने गरेको असारे विकासको अन्त गर्न बैशाख महिनाको मसान्त भित्र योजना तथा कार्यक्रमहरू सम्पन्न गरि ,भुक्तानी लिईसक्नु पर्ने नितिगत निर्यणय गरि कार्यान्वयन गर्ने बताए। यश टीकापुर नगरपालिकाको समग्र विकासका लागि आैद्योगीक गा्म स्थापना सम्भावना अध्ययन तथा जग्गाको सुनिश्चितता गरि लगानी सम्मेलनको माध्यमबाट लगानी गर्न अग्रसर बनाउने बताए। नगरको बजार क्षेत्रमा बन्द अवस्थामा परेका शाैचालयलाई मर्मत सम्भार गर्नका साथै अस्पताल नजिकै रहेका मासु विक्री सेन्टरलाई उपयुक्त स्थानमा रूपान्तण गरि सो स्थानलाई सिटी पार्कका रूपमा गर्ने बताए । नगरपालिका भित्र विशास समितिको मातहतमा रहेका सार्वजनिक खुल्ला क्षेत्रको संरक्षण ,हरियाली बगैचाको नगर बनाउने बताए। टीकापुर पार्कलाई स्वस्थ सफा, प्लास्टिक रहित ,प्लास्टिक मुक्त क्षेत्र बनाउने घोषणा ।
नगरभित्रको बाहिरी चक् पथलाई यसै आर्थिक वर्ष भित्र रेखाकंन गरि कालो पत्रे निर्माण गर्ने बताए।
टीकमपर नगर विकाश समितिको कार्यालय रहेको क्षेत्रलाई खडक स्मृति पार्क निर्माण गर्ने घोषणा
टीकापुर नगरपालिकालाई हेरिटेज (सम्पदा ) शहरका रूपमा विकाश गर्ने प्रकृया अघि बढाएको बताए।
गुणस्तरीय शिक्षाका लागि बिधालयका शिक्षकहरूको दरबन्दी मिलानका लागि प्रकृया अघि बढाएको बताए।
टीकापुर अस्पतालमा बालरोग विषेशजा र स्त्री रोग विषेशज्ञ गरि दुई वटा डाक्टरको सेवासुविधा नगरपालिकाले निरन्तरता दिएको बताए। अव्यवस्थित सिटी हल लाई व्यवस्थित रूपमा चलाएमान हुने गरि सञ्चालनमा ल्याउने बताए।
नगरपालिकाको बजार क्षेत्रमा रहेका खुल्ला सार्वजनिक स्थानलाई हरियाली बगैचाको नगर बनाउने विभिन्न बैक वितिय संस्था तथा सहकारी संग सहकार्य गरि संरक्षणका लागी पहल गर्ने
प्रतिक्रिया