दरबारमार्ग डिएसपी चुडालले दिएको धम्कीका बारेमा चासो बढ्यो !Khoj Talash Khabar

काठमाडौं, १७ भदौ । नेपाल प्रहरीमा कार्यरत बहालवाला डिएसपी कोपीला चुडालले ज्यान लिने भन्दै पत्रकारलाई दिएको धम्कीका बारेमा पत्रकार जगतमा  चासो बढेको छ भने सरकारी निकायले भने बेवास्ता गरेको समाचार छ ।
दरबारमार्ग वृतमा कार्यरत डिएसपी चुडालले न्यूज अभियान डटकमका पत्रकार छायाचन्द्र भण्डारीलाई एक समाचारको विषयमा गोली हान्ने सम्मको धम्की दिएकी थिइन् ।
समाचारमा चित्त नबुझे प्रेस काउन्सील जाने कानुनी बाटो प्रष्ट हुँदा हुँदै पटक पटक गोली खर्च गर्ने भन्दै धम्काएको विषय ओझेलमा परेको भन्दै भण्डारीसहित विभिन्न समाचार माध्यममा कार्यरत संचारकर्मीको चासो बढेको छ ।
गोली हान्ने घटनाको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, पत्रकार महासंघ काठमाडौं शाखा, प्रेस युनियन काठमाडौं, नेपाल प्रेस फ्रिडम, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मानव अधिकारी आयोग र गृहमन्त्रालय लगायतका स्थानबाट प्रेस विज्ञप्ति तथा ध्यानाकर्षण मार्फत सर्वत्र चासो देखिए पनि कानुनी कारर्वाहीका बारेमा ठोस कदम नदिएको बारेमा संचारकर्मी भण्डारीकी श्रीमती टुकामाया भण्डारीको परिवार चिन्तित बनेको छ ।
त्यसो त नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले यस घटना सम्बन्धी आज शुक्रबार छलफल गरेको छ । छलफलमा भण्डारीकी श्रीमतीले पत्रकार छायाचन्द्र भण्डारीलाई निर्वाद रुपमा जिउने र पत्रकारिता गर्ने वातावरण मिलाउन समितिलाई आग्रह गरिन् ।
यस्तो छ मानव अधिकारमा दिएको निवेदन
न्यूजअभियान डटकममा २०७९ साउन २९ गते आइतबार प्रकाशित ‘पद बचाइदिनेको सिफारिसमा आइजीपी सिंहले दिए चुडाललाई दरबारमार्ग बृत्तको जिम्मा १’ शीर्षकको समाचारको विषयलाई लिएर नेपाल प्रहरीको दरबार मार्ग बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी)कोपिला चुडालले श्रीमान छाँयाचन्द्र भण्डारीलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको विरुद्धमा भण्डारीकी श्रीमती टुकामाया भण्डारीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । भण्डारीकि श्रीमती टुकामायाले आइतबार आयोग कार्यालयमा पुगेर उजुरी दिएकी हुन् ।
डिएसपी चुडालले दरबारमार्ग बृत्तको अफिसियल मोवाइल नम्बर प्रयोग गरि पत्रकार भण्डारीलाई तपाईका लागि मैले एउटा गोली खर्च गर्न सक्छु, जुनसुकै बेला म तपाईको ज्यान लिन सक्छु, हेक्का राख्नुहोला’भनेर धम्की दिएकी थिइन् ।
डिएसपी चुडालको धम्कीपछि भण्डारी घरमा गएका छैनन् । भण्डारी घरमा नगएपछि श्रीमती र छोरीहरू मानसिक तनावमा रहेको उजुरीमा उल्लेख छ ।
धम्कीले मलाई मेरा नावालक छोरीहरूलाई त्रसितबनाएको छ । उहाँ त कति बेला मरिने हो भन्ने त्रासले घर छोडेर कहाँजानुभएको हो, हामीलाई जानकारी छैन । जसले हाम्रो समग्र परिवार छिन्नभिन्न र त्रसित भएको छ, उजुरीमा भनिएको छ ।
नागरिकको सुरक्षा दिन राज्यबाट सेवा सुविधा लिएर बसेका नेपाल प्रहरीको जिम्मेवार अधिकृतले नागरिकलाई गोली खर्च गर्न कुनै अफ्टेरो छैन भन्ने धम्की दिनुले कानुनी राज्यको उपहास भएको भन्दै उजुरीमा यो घटनाले बर्दीको मात चढेको अनुभूति भएको उजुरीमा श्रीमती टुकामायाले उल्लेख गरेकी छन् ।
समाचारमा उल्लेख भएका विषयवस्तुमा चित्त नबुझेमा सञ्चार माध्यमलाई नियमन र कारबाही गर्ने सरकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्नु पर्नेमा गोली हान्ने धम्की दिनु कुनै पनि अवस्थामा उपयुक्त मान्न सकिन्न ।
उजुरीमा टुकामायाले श्रीमान र परिवारको जिउधनको सुरक्षा र मानसिक तनावबाट मुक्तबनाउने वातावरण निर्माणको माग गरिएको छ ।
यसअघि विभिन्न सञ्चारसङ्ग सम्बन्धित सस्थाले डिएसपी चुडालको हर्कतको विरोध गरेका छन् । भण्डारीले सुरक्षाका लागि गृह मन्त्रालयमा समेत निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार