एमाले पश्चिम नवलपरासी क्षेत्र १ मा प्रदेश र प्रतिनिधिका लागि सिफारिस, को परे ‘लिस्ट’मा ? Khoj Talas Khabar h

नवलपरासी / कृष्ण गिरी
पश्चिम नवलपरासी नेकपा एमाले संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ ।

संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको थियो।

बैठकले आगामि मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा एमाले पश्चिम नवलपरासीबाट संघिय निर्वाचन क्षेत्र नं. १ अन्र्तगतका उमेदवारहरुको टुङ्गो लागेको छ ।

शुक्रवार बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं. १ (क) वाट पुण्य प्रसाद पौडेल,सिन्धु जलेसा,राम बहादुर भण्डारी,एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ (ख) वाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनुभयो ।

त्यसैगरी सोही बैठकले निर्वाचन क्षेत्र नं. १ को संघिय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारीस गरेको संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेले जानकारी दिनु भएको छ ।

संघिय निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज ईन्द्र गुरुङ्गको स्वागतबाट शुरु भएके बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल,जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,प्रदेश कमिटिका सचिवालय सदस्य तुलसी पासी,केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनाल लगाएका नेताहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार राम श्रेष्ठ को उपस्थित रहेको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउन वहाँले आफ्नो साङ्गेतिक प्रस्तुति पनि दिनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार