
डोटी जिल्ला बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ३ कानाचाैर ,पल्चाैर लोडेघाटको हो। उनको नाम कृष्ण बहादुर बुढा(मंगल हो। उनी आफ्नो अध्ययनको पैसा जोह गर्नको लागि उनी आज भन्दा १० वर्ष पहिला रोजगारीका लागि भारत जाँदै थिय। भारत उत्तर प्रदेश राज्य मथुरा जंक्शन बाट जाँदै गर्दा ट्रेनमा अचानक २०७०-मंसिर २१ गते दुबै खुट्टा ट्रेनमा खसेर गुमाए। दुबै खुट्टा गुमाए पछि उन लाई उपचारको लागि पहिला मथुरा बाट आग्रा त्यहाँ उपचार सम्भाव कम भएपछी रिफर सफर जंग अस्पताल भारतको राजधानी नयाँदिल्ली मा लगियो। उन लाई भारत सरकारले पनी खर्चको लागि एक रूपयाँ पनि सहयोग पाएनन।
उनलाई दिल्लीबाट उपचार पश्चात् उनी स्वदेश फर्किए। लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो भएको पीडा न राज्यले सुन्छ , न कुनै मिडियाले । राज्यबाट विकट मानिने बोगटान सडक सञ्जालबाट पनि धेरै टाढा छ। उनी दुबै घुट्टा गुमाएको करिब १० वर्ष पूरा भयो । उनले राज्य राज्यबाट पाउने सेवा मात्र हैन अपाङ भत्ता बाहेक केही न पाएको गुनासो गरेका छन। विकट ठाउँ , यातायातको सुविधा छैन। हिडेर जाउँ दुबै खुट्टा छैन। नजाउ जिन्दगी चलाउन धेरै गाह्रो भएको दु खेको पोखेका छन । राज्यको सेवा पाउन लाई उनी १० वर्ष सम्म पहल गर्दा केही पनि सुविधा न पाएको गुनासो गरेका छन। जिल्ला बाट होस या गाउँपालिका बाट हो कसैले पनि केही राहात नदिएको बताए। वडा कार्यालयमा पटक पटक गुनासो गरे पनि कुनै पनि सुनुवाइ आशवासन नदिएको बताएका छन। विकट ठाउँ भएकाले न त राज्यका कुनै निकाएले सहयोग नगरेको बताए। यसका साथै गैरसरकारी संघसंस्थाले पनि कुनै सहयोग नगरेको बताए। अपांगका लागी वर्षाै राहातका योजना तथा गोष्ठी भएका हुन्छन विभिन्न सहयोगका कार्यक्रम आएका हुन्छन । उनले अहिले १० वर्ष हुदा सम्म केही पनि राहात नपाएको गुनासो गरेका छन। उनको यो पीडा न राज्यले बोल्छ न स्थानीय पालिका नत कुनै सञ्चारमाध्यमले भन्ने गुनासो पोखेका छन।
स्थानीय तहबाट रोजगार मुलक कार्यक्रम सञ्चालन गरेर केही सहयोग को अपेक्षामा छन। नि.बर्तमा अध्यक्ष पुष्प जोशीको पहलमा एउटा ह्वाईचिएर उपलब्ध गराएको बताए। तेसको प्रयोग पहाडको भिरालो ठाउँमा सम्भावना एक दम कम भएको गुनासो गरेका छन। एक पटक सिपमुलक तालिम भनेर गाउँपालिकाले धनगढीमा पठाएको तर कोरोनाको महामारि तीन महिना कम्पिटर कोर्ष पनि पूरा नभएको बताए। एउटा सरकारि अपांग भत्ताले खाना लाई पनि पुग्दैन , उनी सिपमुलक तालिक तथा रोजगारको अपेक्षा रहेको बताए। एक्लै घरमा बसेर बोर हुने, सरकार बाट तथा स्थानीय तहबाट केही सिपमुलक तथा केही रोजगारि को अपेक्षमा रहेको बताए।
प्रतिक्रिया