५ ग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ ।

 

विनोद मण्डल भदाै 18 । समाजमा नकारात्मक असर पुगाउने लागु औषधको व्यापारमा सक्रिय व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिने कार्यक्रमका क्रममा प्रहरीलाई विभिन्न जिल्लाबाट सफलता मिलिरहेको अवस्था रहेको पाइन्छ ।

मिति २०७९।०५।१६ गते करिब १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालिका वडा नं. ०३ कुसुमघाट स्थित ऐ. वडा नं. ०१ बस्ने बर्ष २८ को सुगन्ध बस्नेतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) ५ ग्राम फेलापारी बरामद गरी निज सुगन्ध बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार