जनकपुरधाम।
मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले झा जलेश्वर स्थित पार्टी पैलेसमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेकोे छ।प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानूनी लडाइँ गरिरहे ।उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो
झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।
प्रतिक्रिया