टीकापुर २ स्थित जनशक्ति सामुदायिक वन मुलपानीमा टिकापुर नगरपालिकाले डाेजर चलाएको छ । मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटक पटक डुबेर ज्यान जाने गरेकोले पाेखरिकाे पानीको सतह कम गर्न डाेजर चलाएको हो ।
पर्यटकीय क्षेत्र मुलपानिमा नुहाउने क्रममा पटक पटक दुर्घटना घटेकाले पाेखरिकाे पानीको सतह घटाइएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैराले बताउनुभयाे । पानी बाहिर जाने मुहान अलिक चाैडा र गहिरो पारिएको नगर प्रमुख रामलाल डगाैराले जानकारी दिनुभयाे ।
टीकापुर नगरपालिकाका नगर प्रहरी ,प्राविधिक कर्मचारी सहित जेसिवि सहित मुलपानि पुगेका नगर प्रमुख डगाैराले पर्यटन पर्यावरणीय क्षेत्र भएकोले पर्यटन संगै जाेड्दै पानीको सतहलाइ घटाउने काम भएको बताउनुभयो । मुलपानी क्षेत्र घुम्न र नुहाउन आउने पर्यटकलाई पनि सुरक्षाको लागि सतर्कता अपनाउनु पर्ने बताउनुभयाे ।
शनिबार जानकी गाउँपालिका–८ पहाडीपुर का २० वर्षका पुष्पराज उपाध्यायकाे नुहाउने क्रममा डुबेर मृत्युु भएको थियोे । साथीसँग नुहाउन गएका उपाध्याय नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको थियो ।
जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिर्घ तिरुवाले अहिलेसम्म टिकापुर नगरपालिकाले मुलपानि क्षेत्रकाे विकासका लागि सहयोग गरेको र सुरक्षाका मापदण्ड सहित नुहाउने व्यवस्था मिलाउने बताउनुभयो ।
मुलपानि क्षेत्रमा भ्रमण र नुहाउनका लागि सामुदायिक वनले शुल्क लिने गरेकोले पर्यटकको सुरक्षा सामाग्रीकाे व्यवस्था गर्नुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।
प्रतिक्रिया